आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन

आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलको निर्देशन
+
-

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा लगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका हुन।

कोभिड -१९ का कारण उत्पन्न प्रतिकूलताबीच पनि कुशलतापूर्वक कार्य सम्पादन गरी क्षमता प्रदर्शन गर्न आग्रह गर्दै उहाँले आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दा समयसीमा निर्धारण गरी गर्न निर्देशन दिए।

अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरुको पूँजीगत गर्न बढाउनका लागि थप पहल गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालय समन्वयमा पनि जोड दिए।

उनले पुराना आयोजना अलपत्र भएको अवस्थामा पनि नयाँ कार्यक्रम तथा आयोजना छनौट गर्ने प्रवृत्तिमा क्रमशः सुधार गर्दै पुराना आयोजना तोकिएको समयमा सम्पन्न गर्नका लागि सहजीकरण गर्न पनि निर्देशन दिए।

अर्थमन्त्री पौडेलले आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउने, समयमै बेरुजु फर्छ्यौट गर्ने, लक्ष्य अनुरुप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएका सूचकहरुको लक्ष्य समयमै हासिल गर्ने गरी चालु आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिए। अर्थमन्त्री पौडेलले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिए।

बैठकमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक बजेटको खर्च स्थिति, राजस्व परिचालनको अवस्था, विकास सहायता परिचालन, सोधभर्नाको अवस्था, बेरुजु फछर्यौटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे बताएका थिए।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवहरु र महालेखा नियन्त्रक, अर्थमन्त्रालयका महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरु, नियमनकारी निकाय एवं आयोजना प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष