टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले हरायो

टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले हरायो
+
-

भारत र अष्ट्रेलियाबीचको तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ।

अष्ट्रेलियाको क्यानबेरामा अष्ट्रेलियाले टस जितेर फिल्डिङ राेजेपछि पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो।

भारतका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४, सन्जु स्याम्सनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाएका थिए।

बलिङतर्फ अष्ट्रेलियाका मोइसेस् हेन्‌रिक्सले तीन, मिचेल स्टार्कले दुई, मिचेल स्वेप्सन र आदम जम्पाले एक–एक विकेट लिएका थिए।

१ सय ६२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५० रन मात्रै बनाउन सक्यो।

अष्ट्रेलियाका लागि आरोन फिन्चले ३५, डार्सी सर्टले ३४, मोइसेस् हेन्‌रिक्सले ३० बनाएपनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

भारतका लागि युवेन्द्र चहाल र टी नटराजनले तीन–तीन तथा दिपक चाहरले एक विकेट लिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष