शुक्रबार सुदूरपश्चिममा ४४० जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि

शुक्रबार सुदूरपश्चिममा ४४० जनाको स्वाब परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि
+
-

धनगढी–  सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ५ वटा प्रयोगशालामा ४ सय ४० जनाको स्वाब परीक्षण गरिएकोमा ९१ जनामा संक्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शुक्रबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा १७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९ जना, बझाङ अस्पतालको प्रयोगशालामा ९ जना, अछामको कमलबजार प्रयोगशालामा ४१ जना र डोटी अस्पतालको प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये कैलालीका १०, कञ्चनपुरका ८, अछामका ३९, बैतडीका १, बझाङका ९, डडेल्धुराका ११, दार्चुलाका ७, डोटीका ३ जना र अन्य जिल्लाका ३ जना रहेको मन्त्रालयले जनाएको छ। शुक्रबार ९१ जना थपिएसँगै
सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ११ हजार ५ सय ६३ पुगेको छ।

संक्रमण पुष्टि भएकामध्ये शुक्रबारसम्म ९ हजार ६ सय २८ जना संक्रमण निको भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १८ सय ९५ रहेको छ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म १ लाख २० हजार १ सय १६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष