नेपाल इण्डो अस्पताल मापदण्ड विपरित संचालन, कागजात प्रशासनको नियन्त्रणमा

नेपाल इण्डो अस्पताल मापदण्ड विपरित संचालन, कागजात प्रशासनको नियन्त्रणमा
+
-

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा संचालित नेपाल इण्डो अस्पताल मापदण्ड विपरित संचालन भएको उजुरी परेपछि शुक्रबार अनुगमन गरिएको छ।

महानगरको वडा नम्बर १६ रजयन्ती चोकमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रालीमा स्थानीय प्रशासनले अनुगमन गरी अस्पतालका कागजात नियन्त्रणमा लिएको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा गएको टोलीमा जनस्वास्थ्य कार्यालय पर्साका सहायक जयमोद ठाकुर , उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्ज महानगर अध्यक्ष अजित कुमार भुजेल र प्रहरी लगायत सहभागी थिए।

अनुगमनको क्रममा मापदण्ड अनुसार अस्पताल नचलाएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

अनुगमनको क्रममा अस्पतालमा सन्चालित फार्मेसीमा सम्बन्धित विषयमा पढाइ नगरेको, अनुभवको आधारमा औषधि बिक्री वितरण गर्दै गरेको फेला परेको छ भने ल्याबमा कार्यरत ल्याब टेक्निसियनले पढाइ पूरा नगरी, रिपोर्टमा हस्ताक्षर गरेको भेटिएको छ।

त्यसैगरि जनरल वार्डमा कार्यरत एचए पढदै गरेका विद्यार्थीहरुले उपचार गर्दै गरेको र काउन्सिलमा दर्ता रहेको छ कि छैन भनेर सोधपुछ गर्दा अलमलमा परेको पौडेलले बताए। बिरामी भर्ना गर्दा दर्ता फाँटमा बिरामीसँग लिने रकम एउटा र कम्प्युटरमा अर्कै दर्ता हुने गरेको पनि पाइएको थियो।

एनआईसियुमा बच्चा राख्ने ठाउँ ४ फिटको दूरीमा हुनु पर्नेमा नभएको तथा टाँसेर बच्चा राख्ने गरेको अनुगमनको क्रममा देखिएको थियो।

आईसियुमा कार्यरत बीएससी नर्सिङ स्टाप पढेको तर काउन्सिलबाट पास नभइ बिरामीको उपचार गर्दै गरेको, मापदण्ड विपरितको बेड भएको, कुनै पनि स्टाफहरुको परिचयपत्र नभएको अवस्था अनुगमन गर्ने क्रममा देखिएको सहायक प्रजिअ पौडेलले जानकारी दिए।

अस्पतालका कुनैपनि आधिकारिक व्यक्ति  सम्पर्कमा नआएपछि अनुगमन टोलीले अस्पतालको बिल बिजक , रजिस्टर लगायतका कागजात नियन्त्रणमा लिएर फर्किएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष