सुदूरपश्चिममा थप ७३ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ७३ जनामा कोरोना संक्रमण
+
-

धनगढी– सुदूरपश्चिम प्रदेशमा शनिबार ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। शुक्रबार ७३ जना थपिएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ३६ पुगेको छ।

शनिबार प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका स्वाबमध्ये सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा २७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ९ जना र अछामको कमलबजार प्रयोगशालामा ३७ जनामा संक्रमण पुष्टि भएको छ

शनिबार थपिएका संक्रमितमा कैलालीका २१ जना, कञ्चनपुरका ६ जना, अछामका ३१ जना, बैतडीका १ जना, बझाङका २ जना, डडेल्धुराका ४ जना, दार्चुलाका ३ जना, डोटीका २ जना र अन्य जिल्लाका ३ जना रहेका छन्।

शनिबारसम्म प्रदेशभर गरी ९ हजार ६ सय ३२ जना संक्रमण निको भएर घर फर्केका छन्।

शनिबार सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका पुरुष निमोनियाका बिरामी थिए। उनको शनिबार दिउँसो मृत्यु भएको असपतालले जनाएको छ।

प्रदेशका विभिन्न अस्पतालमा ५६ जना कोरोना संक्रमितहरु उपचाररत छन्। १५ सय ६९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेशभर सक्रिय संक्रमितको संखया १९ सय ६३ रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष