चन्द्रमाबाट माटो–ढुंगा ल्याउने अभियानमा चीनलाई अर्को महत्वपूर्ण सफलता

चन्द्रमाबाट माटो–ढुंगा ल्याउने अभियानमा चीनलाई अर्को महत्वपूर्ण सफलता
+
-

चन्द्रमाबाट माटो र ढुंगा लिएर पृथ्वी फर्किने अभियानमा रहेको चीनको अन्तरिक्षयान च्याङ्ग’इ–५ सफलता पूर्वक सही समयमा अर्बिटर–रिटर्नरसँग जोडिएको छ ।

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार स्थानीय समय (बेइजिङ्ग) अनुसार आइतबार बिहान पाँच बजेर ४२ मिनेट जाँदा चन्द्र कक्षमा च्याङ्ग’इ–५ अर्बिटर–रिटर्नरसँग सफलता पूर्वक जोडिएको हो ।

चन्द्रमाको कक्षमा चिनियाँ अन्तरिक्ष यानले ‘रनडेभू एण्ड डकिङ्ग’ सफलतापूर्वक गरेको पहिलो पटक हो ।

स्थानीय समय अनुसार बिहान ६ बजेर १२ मिनेट जाँदासम्म चन्द्र सतहबाट माटो तथा ढुंगा संकलन गरेको एसेन्डरले ती सामग्रीहरु सुरक्षित रुपमा रिटर्नरमा राखेका सिएनएसएले जनाएको छ । रिटर्नरले ती सामग्रीलाई पृथ्वीमा ल्याउने छ ।

यो अभियानमा सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । त्यो बेला तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

सबै तय गरे अनुसार भएमा चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ ।

अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् । हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?