
धरान – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलका अनुसार विर्तामोड ८ की महिलाको उपचारका क्रममा आइतबार बिहान १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो।
उनका अनुसार मुटुसम्बन्धी रोगबाट पीडित ४५ वर्षीया महिलामा मंसिर १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई प्रतिष्ठानकै कोभिड–१९ अस्पतालमा उपचार थालिएको उनको भनाई छ ।
यससँगै प्रतिष्ठानमा हालसम्म ११६ जना कोरोना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।