नेकपा मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा, तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी तैनाथ

नेकपा मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा, तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी तैनाथ
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीले नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा गस्ती गरेको छ ।

प्रहरीको टेकू परिषरबाट एसएसपीको नेतृत्वको प्रहरी टोली सुरक्षाका लागि खटिएको छ । यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ ।

दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठकको रिपोर्टिङ्गका लागि पुगेका पत्रकारहरुलाई समेत पार्टी कार्यालयमा प्रवेश गर्न दिइएको छैन ।

स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेको छ । तर उनी सहभागी हुने–नहुने स्पष्ट भने भएको छैन ।

यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।

नेकपामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबिचको विवाद उत्कर्षमा पुगेको छ । स्थायी कमिटिमा दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने तयारी छ ।

तस्बिरहरु : रविन आचार्य/देश सञ्चार

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष