वामदेव गौतमलाई फकाउन ओली पक्ष अथक प्रयासमा

वामदेव गौतमलाई फकाउन ओली पक्ष अथक प्रयासमा
+
-

काठमाडौँ – स्थायी कमिटि बैठक अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले उपाध्यक्ष वामदेव गौतमलाई फकाउने प्रयास गरेका छन् ।

ओली पक्षीय नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आइतबार बिहान गौतमलाई टेलिफोन गरेर फकाउने प्रयास गरेका हुन् । उनले

गौतमलाई आगामी चुनावी प्रधानमन्त्री बन्न प्रस्ताव गरेर ओली पक्षमा ल्याउने प्रयास गरेका हुन् ।

यस्तै ओली निकट मानिएका गृहमन्त्री रामबहादुर थापा बादल गौतमलाई फाउनका उनकै निवास भैँसेपाटी गएका छन् ।

भैँसेपाटीमा बादल र गौतमबिच छलफल भएको पुष्टि नेता गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले गरेका छन् । तर दुई नेताबिच भएको कुराकानीको विषय भने आफूलाई जानकारी नभएको उनले बताए ।

नेकपाको स्थायी कमिटि बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अध्यक्ष ओली नपुग्दा सुरु हुन सकेको छैन। ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य धुम्बाराही पुगेका छन् । सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष