प्रदेश-१मा ९ प्रतिशतले धान उत्पादनमा बृद्धि, झापा पहिलो स्थानमा

प्रदेश-१मा ९ प्रतिशतले धान उत्पादनमा बृद्धि, झापा पहिलो स्थानमा
+
-

झापामा यसवर्ष प्रदेश १ को अन्य जिल्लाको अनुपातमा बढी धान उत्पादन भएको छ। विराटनगरस्थित प्रदेश १ कृषी निर्देशनालयका अनुसार प्रदेशका १४ जिल्ला मध्ये झापामा यसवर्ष ४ लाख १५ हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको छ।

निर्देशनालयका अनुसार समग्रमा गतवर्षको तुलनामा यसवर्ष प्रदेशभर धान उत्पादन ९ प्रतिशतले बढेको छ। प्रदेशभर ३ लाख ३२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जानकारी दिदै निर्देशनालयकी सूचना अधिकारी सरस्वती श्रेष्ठले यसवर्ष प्रदेशमा १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको बताईन्। त्यसैगरि गतवर्ष ३ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएकोमा ११ लाख ९८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

यसैगरि मोरङमा यसवर्ष ३ लाख ४९ हजार ६० मेट्रिक टन धान उत्पादन भएको छ । निर्देशनालयका अनुसार सुनसरीमा २ लाख ३० हजार ६ सय ९२ मेट्रिकटन धान उत्पादन भएको छ।

त्यसैगरि, पहाडी जिल्लामा पाँचथरमा २२ हजार ३ सय १८, ईलाममा ५१ हजार ५ सय १६, भोजपुरमा ३९ हजार १ सय १७, तेह्रथुममा २१ हजार १ सय ८७, धनकुटामा २३ हजार ४ सय २९, उदयपुरमा ५४ हजार ८ सय ५८ ,ओखलढुंगामा १३ हजार २ सय ९ र खोटाङमा २९ हजार ३ सय ४२ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

यस्तै ताप्लेजुङमा २१ हजार ८२, संखुवासभामा ३६ हजार १२ र सोलुखुम्बुमा ३ हजार ६ सय २० मेट्रिकटन धान उत्पादन भएको छ।

निर्देशनालयका अनुसार यसवर्ष समयमा वर्षा, मौसम अनुकूल भएको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा बृद्धि भएको निर्देशनालयको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष