
धनगढी– सुदूरपश्चिम प्रदेशमा सोमबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १६ पुगेको छ।
सोमबार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ४६ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११ जना, बझाङ अस्पतालको प्रयोगशालामा ९ जना र अछामको कमलबजार प्रयोगशालामा २२ जना गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोमबार थपिएकामा कैलालीका ३६ जना, कञ्चनपुरका ७ जना, अछामका २२ जना, बैतडीका २ जना, बझाङका ९ जना, डडेल्धुराका ११ जना र डोटीका एकजना रहेका छन्।
यसैगरी सोमबार प्रदेशका विभिन्न जिल्लामा गरी १५ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार ६ सय ४८ पुगेको छ।