कर्णालीमा भेटिए ४९ नयाँ कुष्ठरोगी

कर्णालीमा भेटिए ४९ नयाँ कुष्ठरोगी
+
-

कर्णाली-कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन्। साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतले आज पत्रकारसम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७६-७७ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ४९ जना कुष्ठरोगका बिरामी पत्ता लागेको अस्पतालका व्यवस्थापक मङ्गल थारूले बताए।

उनका अनुसार नयाँ भेटिएका कुष्ठरोगीमा सबैभन्दा धेरै सुर्खेतका १४ जना रहेका छन् भने जाजरकोट १३, दैलेख नौ, कालीकोट छ, सल्यान दुई, जुम्ला एक र अन्य जिल्लाका चारजना छन्।

नयाँ कुष्ठरोगका बिरामीमध्ये १५–५९ वर्ष उमेर समूहका ३९ जना, ६० वर्ष नाघेका छ र एकदेखि १४ वर्ष उमेर समूहका चारजना छन् । उनीहरु अधिकांशको शरीरमा घाउ भेटिन्छ।

व्यवस्थापक थारूले कुष्ठरोगको निदानबारे प्रचारप्रसार तथा रोगी पत्ता लगाउन ती स्थानहरुमा घुम्ती शिविर जस्ता कार्यक्रमको विस्तार आवश्यक रहेको बताउनुभयो । कोरोना महामारीका कारण यस वर्ष रोग जाँच गर्ने बिरामीको सङ्ख्या ह्वात्तै घटेको उनको भनाइ थियो।

कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र कालीकोटसहित कुष्ठरोगका बिरामीको सङ्ख्याका आधारमा नेपालका १६ जिल्ला जोखिममा रहेको व्यवस्थापक थारूले बताए।

यो रोगको लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य कार्यकर्तालाई देखाई बेलैमा नियमित उपचार गराउन सकेमा र नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरुपले निको भएर अपाङ्गता हुनबाट बच्न सकिने अस्पतालले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष