
इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व स्ट्राइकर मारिओ बालाटोली इटालीको दोस्रो डिभिजन क्लबसँग अनुबन्धित भएका छन् ।
बालाटोली सिरी बी क्लब एसी मोन्जामा यो सिजनको अन्त्यसम्मका लागि अनुबन्धित भएका हुन्।
३० वर्षका इटालियन गएको समरमा ब्रेसिया छोडेसँगै क्लब बिहीन थिए। उनले गएको नोभेम्बरमा सिरी डी क्लब फ्रान्सियाकोर्तामा प्रशिक्षण गरेका छन् ।
बालाटोलीले यसअघि इन्टर मिलान र एसी मिलानबाट पनि खेलेका छन्।
Benvenuto Mario!⚪️🔴🔥 https://t.co/2nmDzUzDV1 pic.twitter.com/a3F3SCoTiB
— AC Monza (@ACMonza) December 7, 2020