मिक्लाजुङमा प्रधानाध्यापकको गोली हानी हत्या

मिक्लाजुङमा प्रधानाध्यापकको गोली हानी हत्या
+
-

मोरङ – मोरङको मिक्लाजुङ गाँउपालिकामा एक शिक्षकको गोली हानी हत्या भएको छ ।

गाँउपालिकाका अध्यक्ष देवी आचार्यका अनुसार वडा नम्बर १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो। गाँउपालिका अध्यक्षका अनुसार श्रेष्ठका परिवारले बिहान झण्डै ५ बजे अज्ञात समूहमा आएका ५ जनाले प्रधानाध्यापक श्रेष्ठलाई घरबाटै काम छ भनेर लिएर गएको जानकारी दिएका थिए।

केही समयमा गाँउमा हो–हल्ला भएपछि स्थानीय र घरका सदस्यहरुले खोजी गर्दा श्रेष्ठको शव सेलेलेङ र बर्खेको सीमा क्षेत्रमा पर्ने जङलमा फेला परेको आचार्यले जानकारी दिए। मृतक श्रेष्ठ स्थानीय बासिन्दा हुन्। उनी विद्यालयको काम बाहेक व्यवसायिक कृषि गर्थे।

घटनास्थल घरबाट झण्डै १ किलोमिटरको दूरीमा रहेको छ। उनलाई बिहान ७ बजेतीर गोलि हानिएको हुनसक्ने प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएको मोरङ प्रहरीको टोली, लेटाङ नगरपालिका र उर्लाबारीबाट प्रहरीको त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए। प्रहरी घटनास्थल नपुगिसकेकोले धेरै कुरा खुलिनसकेको उनले बताए।

यसअघि पनि मिक्लाजुङ क्षेत्रमा नेत्र विक्रम चन्द विप्लव समूह सम्बन्धित विभिन्न घटना हुने गरेको स्थानीयले बताएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष