सिमकोट गाउँपालिकाले प्रदेशसँग माग्यो १८ हजार स्याउका विरुवा

सिमकोट गाउँपालिकाले प्रदेशसँग माग्यो १८ हजार स्याउका विरुवा
+
-

सिमकोट- सिमकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारको भूमि, सहकारी तथा कृषि मन्त्रालयसंग अठार हजार स्याउका बिरुवा माग गरेको छ।

हुम्लामा ब्यबसायीक स्याउँ खेती गर्ने किसानको संख्यामा वृद्धि भएपछि गाउँपालिकाले ठूलो संख्यामा प्रदेश सरकारसँग स्याउका विरुवा माग गरेको हो।

स्याउ खेतीको बढी संभावना भएका हुम्लाका गाउँपालिकाहरुलाई प्रदेश सरकारले बिरुवा माग गर्न परिपत्र गरेपछि सिमकोट गाउँपालिकाले अठार हजार स्याउका बिरुवा माग गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए।

स्याउ खेती गर्ने किसानको बिबरण लिएर प्रदेशसंग ती बिरुवा माग गरिएको हो। अब प्रदेशले बजेट वा बजेट के पठाउछ त्यो खोलिएको छैन्।

प्रमुख शाहीले जे आए पनि ब्यबसायीक स्याउ खेती गर्ने किसानलाई सुबिधा उपलब्ध हुने छन । सिमकोट गाउँपालिकाका आठ वटै वडाहरु स्याउ खेतीका लागि उपयुक्त भएको र किसानसंग बिरुवा मागका लागि निवेदन माग गरेको थियो।

गाउँपालिकाले कम्तीमा एक सय बोट स्याउ लगाउने गरि निबेदन दिन किसानसँग आग्रह गरेको थियो । गाउँपालिकाले आफ्नो बार्षिक कार्यक्रमबाट पनि छ हजार स्याउका बिरुवा बितरण गर्ने कार्यक्रम रहेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?