
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ६, उदयपुरमा २, ओखलढुंगामा २, झापामा २५, धनकुटामा १, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा ५५, संखुवासभामा ९, सुनसरीमा ७५, सोलुखुम्बुमा ३, धनुषामा ५, पर्सामा १, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा २, सिरहामा ६, काठमाडौँमा ४१२, काभ्रेमा १८, चितवनमा ६९, दोलखामा १०, धादिङमा १८, नुवाकोटमा १, भक्तपुरमा ६९, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ४ र ललितपुरमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै सिन्धुपाल्चोकमा ९, कास्कीमा ९७, गोरखामा ६, तनहुँमा ८, नवलपरासीपूर्वमा २४, पर्वत २, लमजुङमा ७, बागलुङमा ११, स्याङ्जामा ७, अर्घाखाँचीमा ४, कपिलवस्तुमा १, गुल्मीमा १४, दाङमा १५, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा १, बर्दियामा १४, बाँकेमा ३६, रुपन्देहीमा ५१, रोल्पामा १, कालिकोटमा १, रुकुम पश्चिममा ३, सल्यानमा १, सुर्खेतमा २, हुम्लामा १, अछाममा ७, कञ्चनपुरमा २८, कैलालीमा ६२, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ८, बाजुरामा २ र बैतडीमा ३ जना संक्रमित थपिएका छन्।