राप्रपाको प्रधानमन्त्रीलाई आग्रहः यसै संविधानमा हिन्दु राज्य र राजतन्त्रको व्यवस्था गर्न सर्वदलीय बैठक बोलाउनुहोस्

राप्रपाको प्रधानमन्त्रीलाई आग्रहः यसै संविधानमा हिन्दु राज्य र राजतन्त्रको व्यवस्था गर्न सर्वदलीय बैठक बोलाउनुहोस्
+
-

काठमाडौँ- हिन्दुराज्य र राजतन्त्रको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना एजेण्डालाई लिएर सडकमा उर्लिएको आन्दोलनप्रति नैतिक समर्थन जनाएको छ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार डाकेको सर्वदीलय बैठकमा सहभागी राप्रपा नेता दिपक बोहोराले यसै संविधानमा आफ्नो दलको माग बमोजिम हिन्दुराज्य र राजतन्त्रको व्यवस्था गर्नुपर्ने माग उठाएको जानकारी दिए।

बैठकपछि उनले भने, ‘संविधान बनाउँदा चौथो पात्र हामी नै थियौँ। तात्कालीन काँग्रेस, एमाले, माओवादी र राप्रपाको संविधानप्रति समर्थन नै थियो। र, अहिले सडकको आन्दोलनप्रति हाम्रो पूर्णरुपमा नैतिक समर्थन छ भनेका छौँ। यसको समाधानका लागि हामीले यही संविधान मातहत हिन्दुराज्य र राजालाई राख्न विकल्प दिएका छौँ।’

नेता बोहोराका अनुसार तर आफुहरुले दिएको विकल्पलाई लिएर प्रधानमन्त्रीलगायत अन्य दलका कुनै पनि नेताले प्रतिक्रिया दिएनन्। नेता बोहोराले आफ्ना माग र अडानबारे निष्कर्षमा पुर्‍याउन सर्वदलीय बैठकको मागसमेत गरेको जानकारी गराए।

उनले भने,‘यो मुलुकमा राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र बनाउने प्रस्ताव गरेपछि कसैबाट पनि जबाफ आएन।’

यस्तै कोभिड-१९ को महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष पनि राप्रपाले प्रधानमन्त्री ओलीलाई सुनाएको छ। नेता बोहोराले भने,‘कोभिडको खोप निःशुल्क जनतालाई प्रदान गरिनुपर्छ भन्ने माग हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?