
धनगढी– सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा ११ महिला र ३१ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनले धनगढी उप–महानगरपालिकाका ४ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीको लम्किचुहा नगरपालिकाका ७ जना, गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकाका, कैलारी गाउँपालिकाका ३/३ जना, भजनी नगरपालिकाका २ जना, टीकापुर नगरपालिका र गौरीगंगा नगरपालिकाका १/१ जनामा कोरोना संक्रमण देखिएको छ।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, दोधारा चाँदनी नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १/१ जनामा समेत कोराना पुष्टि भएको छ।
त्यसैगरी बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बझाङ जिल्ला अस्पतालमा ८ जना, अछामको कमलबजार प्रयोगशालामा ७ र डडेल्धुरा अस्पतालमा २ जनामा कोरोना पुष्टि भएको छ।
यो योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ७५ पुगेको छ। संक्रमण पुष्टि भएका ९ हजार ६ सय ६३ डिस्चार्ज भएका छन् भने हालसम्म ४३ जना संक्रमितको मृत्यु भएको छ।