
मोरङ-सामाजिक विकास मन्त्रालय प्रदेश एकले प्रदेशमा कोरोना भाइरस कोभिड १९ का १ सय ६५ जना नयाँ संक्रमित थप भएको जनाएको छ।
मन्त्रालयका अनुसार मंगलबार प्रदेशमा ८ सय ५४ जनाको पिसिआर परिक्षण गरिएकोमा ७१ महिला र ९४ पुरुषमा संक्रमण पुष्टि भएको हो। यसक्रममा सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा समान १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो।
सुनसरीको इटहरी उपमहानगरपालिकामा ३३, धरान उपमहानगरपालिकामा २२, इनरुवा र दुहवी नगरपालिकामा समान ३, बराहक्षेत्र नगरपालिकामा २, रामधुनी नगरपालिकासंगै गढी, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
मोरंगको विराटनगर महानगरपालिकामा २८, सुन्दरहरैचा नगरपालिकामा ५, पथरीशनिश्चरे नगरपालिकामा ४, कटहरी गाँउपालिकामा ३, बेलबारी र बुढीगंगा गाँउपालिकामा समान २, उर्लाबारी नगरपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि झापाको दमक नगरपालिकामा ५, भद्रपुर र विर्तामोड नगरपालिकामा समान ४, मेचीनगर नगरपालिकामा ३, झापा गाउँपालिकामा २, बुद्धशान्ति गाँउपालिका र कनकाई नगरपालिकामा समान १ मा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी पहाडी क्षेत्रतर्फ संखुवासभाको खाँदबारीमा ८, चैनपुरमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेकामा समान १, पाँचथरको फिदिममा २, कुम्वायकमा १, धनकुटामा १, भोजपुरको रामप्रसाद राई गाउँपालिकामा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजिटिभ आएकामन्त्रालयले जनाएको छ । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ४१५ पुगेको छ।
अर्कोतर्फ, प्रदेशमा मंगलबार ९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होमआईसोलेसनबाट ९१, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४, झापाको मेची अस्पताल र बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट समान १ जना डिस्चार्ज भएका हुन। योसँगै हालसम्म प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३ हजार ३ सय ४३ पुगेको छ।