
काठमाडौँ – नक्कली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका–१२ घर भएका २८ वर्षे आशिष गिरीलाई पक्राउ गरेको हो ।
गिरीले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्बरको कार तथा कीर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमतिपत्र समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनले बनाएका नक्कली लाइसेन्सको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।