
काठमाडौँ – सरकारी तथा निजी क्षेत्रका सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनधिकृत रुपमा पहुँच बनाई कानून विपरित काम गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोको टोलीले ह्याकर्स हन्ट नामक विशेष अभियान चलाएर सूचना चोरीमा संलग्न नवलपरासी पश्चिम सुनवल घर भइ हाल काठमाडौँ–२६ रानीबारी बस्दै आएका १९ वर्षीय दिनेश तिवारीलाई मंगलबार पक्राउ गरेको हो ।
उनले निजी क्षेत्रको अनलाईन बिजनेशमा रहेको डाटाबेसमा गएर सो डाटा सार्वजनिक गरी कानून विपरित कार्य गरेको साइबल ब्यूरोले जनाएको छ ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसुरमा पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।