
मोरङ-प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ८७ जना नयाँ संक्रमित थप भएका छन्।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ५ सय ८७ जनाको पिसिआर परीक्षण गरिएकोमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो।
सो क्रममा झापामा ३६, मोरंगमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार झापाको भद्रपुर र दमक नगरपालिकामा समान ७, विर्तामोड नगरपालिकामा ६, कमल गाउँपालिकामा ४, मेचीनगर नगरपालिकामा ३, अर्जुनधारा र शिवसताक्षी नगरपालिकामा समान २, बुद्धशान्ति र बाह्रदशी गाँउपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।
मोरंगको विराटनगर महानगरपालिकामा ९, बेलबारी नगरपालिकामा २, सुनबर्षी, पथरीशनिश्चरे, सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा समान ४, इनरुवा नगरपालिकामा ३, रामधुनी नगरपालिकामा १ जनामा संक्रमण देखिएको छ। पहाडी क्षेत्रतर्फ इलामको सुर्योदयमा ६, इलाम नगरपालिकामा ५, चुलाचुली गाँउपालिका र स्थाानीय तह नखुलेकामा समान १, संखुवासभाको खाँदबारी नगरपालिकामा ३, उदयपुरको त्रियुगा नगरपालिकामा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ । यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २८ हजार ५ सय २ पुगेको छ।
अर्कोतर्फ बुधबार प्रदेशबाट ६२ जना संक्रमित निको भएर डिस्चार्ज भएकाछन्। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होमआईसोलेसनबाट ३६, विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १४, धनकुटाको महालक्ष्मी जितपुर आईसोलेसनबाट ८, बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन्। यससंगै हालसम्म डिस्चार्ज हुने संख्या प्रदेशमा २३ हजार ४ सय ५ पुगेको छ।
मन्त्रालयका अनुसार प्रदेशमा बुधबार १ महिला र ४ पुरुष गरि कुल ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेशभर हालसम्म ३ सय ९८ जना संक्रमितको उपचार भइसकेको छ । जसमा १ सय २५ महिला र २ सय ७३ जना पुरुष रहेका छन्।