
जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले लोकोमोटिभ मस्कोलाई २–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्युनिखका लागि ६३ औँ मिनेटमा सुल र ८० औँ मिनेटमा चोउपो–मोटिङले गोल गरेका हुन् ।
च्याम्पियन्स लिगमा बार्यन म्युनिख पछिल्ला १७ खेलमा पराजित गरहेको छ । गएको सिजन उसले सबै ११ खेल जितेको थियो भने यो सिजन समूह चरणको एक खेलमा मात्रै बराबरीमा रोकिएको छ ।
जितपछि समूह विजेता बार्यनको १६ अंक भएको छ । आरबी साल्जबर्गलाई २–० ले पराजित गरेको एथ्लेटिको मड्रिड ९ अंकसहित समूह उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।