कोरोना बीमा भुक्तानीका लागि केही समय धैर्य गर्न बीमा समितिको आग्रह

कोरोना बीमा भुक्तानीका लागि केही समय धैर्य गर्न बीमा समितिको आग्रह
+
-

काठमाडौँ– बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि केही समय धैर्य गर्न बीमीतहरुलाई आग्रह गरेको छ।

समितिले बिहीबार विज्ञप्ती जारी गर्दै गत असोज र कार्तिक महिनामा सबैभन्दा बढी कोरोना संक्रमण भएको र उक्त अवधिको दाबी भुक्तानीका लागि यो महिना सबैभन्दा बढी चाप पर्न गएकाले यो चाप कम भएपछि नियमित रुपमा भुक्तानी प्रक्रिया सञ्चालन हुने जानकारी दिएको हो।

समितिका अनुसार दाबी भुक्तानीका लागि कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत भएकाले यसको लेखा परीक्षण महालेखा परीक्षणको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्ड अनुसार कतिपय स्पष्ट नभएको कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनु पर्ने भएकाले केही समय लागेको हो।

समितिले सहि कागजात भएका बीमितहरुले भुक्तानी पाउनेमा कुनै शंका नहरेको जनाएको छ।

एउटै दाबी विभिन्न बीमा कम्पनीहरुबाट छुट्टा–छुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बीमा दाबीहरु दोहोरो पर्ने भएकाले पनि भरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लाग्न गएको दाबी गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष