खार्पुनाथ गाउँपालिकाले थाल्‍यो घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन

खार्पुनाथ गाउँपालिकाले थाल्‍यो घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन
+
-

सिमकोट-जनतालाई घर आगनमै स्वास्थ्य सुबिधा प्रदान गर्न खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका सबै जनताको स्वास्थ्य संस्थामा गएर उपचार गर्ने पहुँच नभएपछि यो कार्यक्रम सञ्चालन गरिएको हो।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ का बबरजंग हमालले स्वास्थ्य शाखाले सञ्चालनमा ल्याएको घरदैलो कार्यक्रमले सेवाग्राहीलाई निक्कै सुविधा दिएको बताए। सबै बिरामी स्वास्थ्य संस्थामा जान सक्ने अवस्था नभएको बेला यो कार्यक्रम प्रभावकारी देखिएको हो। यसवाट बिशेष गरि बालबालिका, अपांगता भएका र जेष्ठ नागरिक बढी लावान्भित हुने बिस्वास लिन सकिन्छ।

स्वास्थ्य सेवा प्रदान र्ने क्रममा गत वर्षको अनुभवबाट गाउँपालिकाको स्वास्थ्य शाखाले सबै नागरिकलाई घरमै स्वास्थ्यकर्मी पुर्याएर सेवा प्रदान गर्नका लागि घरदैलो कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य संयाजक बलिराज शाहीले बताए। गाउँपालिकाको स्वास्थ्य नीति अनुसार यो कार्यक्रमबाट उपचारात्मक, निदानात्मक, पेशाणात्मक सेवा प्रदान सुरु भएको छ।

योजक शाहीका अनुसार स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधि, स्थानीय नागरिक र स्वास्थ्यकर्मीको सहयोगमा वडा तथा टोलमा रहदै आउनु भएका जेष्ट नागरिक, फरक क्षेमता भएका ब्यक्ति, गर्भवती महिलाहरु, वालवालिका, स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई आवश्यकता अनुसार स्वास्थ्य सेवाका साथै स्वास्थ्य शिक्षा पनि प्रदान गर्ने गरिएको छ।

शाखाले मासिक रुपमा सो सेवा प्रदान गर्न कार्ययोजना बनाएको छ । खार्पुनाथमा गाउँपालिकामा पाँच वटा वडा र १९ वटा टोल रहेका छन् । तर स्वास्थ्य संस्था पाँच वटा मात्र रहेको कारण सबै टोलका स्थानीयले सहज सेवा पाउन कठिन भएपछि यो कार्यक्रम सञ्चालनमा आएको उनले बताए।

मासिक कार्ययोजनामा परेका टोल वा बस्ती हेर्ने गरि स्वास्थ्यकर्मी तोलिएको र कार्यक्रम सञ्चालन गर्ने बारे गाउँमा सुचना पनि दिने गरिएको छ । हुम्लामा यो कार्यक्रम पहिलो पटक खार्पुनाथ गाउँपालिकामा सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाहरु निक्कै खुसी समेत देखिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?