डकैती तथा हत्या गरेको १६ वर्षपछि एकजना पक्राउ

डकैती तथा हत्या गरेको १६ वर्षपछि एकजना पक्राउ
+
-

जनकपुरधाम-डकैती तथा हत्या गरेको १६ वर्षपछि एकजना महोत्तरीमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं. २ का ६२ वर्षीय पवन यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

यादवलाई बुधबार दिउँसो मटिहानी नगरपालिका वडा नं. ८ स्थित मटिहानी बजारबाट पक्राउगरिएको प्रवक्ता विष्टले जानकारी दिए ।

२०६१ साल भदौ २० गते रातीको समयमा २०÷२२ जनाको समुहमा शसस्त्र हतियारधारी डाँकाहरूले महोत्तरीको धिरापुर गाविस वडा नं. ९ हाल मटिहानी नगरपालिका वडा नं. ३ बस्ने मो.मोवारक राईन, साबिक मटिहानी गाविस वडा नं.९ हाल मटिहानी नगरपालिका वडा नं. ८ का गौरीशंकर साह सहित ९ जनाको घरबाट नगद तथा गरगहनागरी करीव १० लाखको धनमाल लुटेका थिए।

तिनीहरुले धनमाल डाका गर्नुको साथै धारीलो हतियार प्रहार धिरापुर गाविस वडा नं. ९ हाल मटिहानी नगरपालिका वडा नं. ३ का ३० वर्षीय मो.मोवारक राईन (कवाडी) को हत्या गरेका थिए। सो घटनामा संलग्न मध्ये तत्कालिन समय १३ जनाको विवरण खुलेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष