
मोरङ-प्रदेश-१ मा कोरोना भाइरस कोभिड १९ का १ सय ७५ जना नयाँ संक्रमित फेला परेका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ९ सय ३४ जनाको पिसिआर परीक्षणका क्रममा ६० महिला र १ य १५ जना पुरुष संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा समान २, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा समान १ र प्रदेश १ बाहिरका १२ जना रहेका छन्।
सुनसरीको इटहरी उप-महानगरपालिकामा ३१, धरान उप-महानगरपालिकामा १८, बर्जु गाँउपालिकामा ४, इनरुवा र रामधुनी नगरपालिकामा समान ३, देवानगञ्ज र कोशी गाउँपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।
मोरङ्गको विराटनगर महानगरपालिकामा १७, केराबारी गाँउपालिकामा १५, उर्लाबारी नगरपालिकामा ८, बुढीगंगा गाँउपालिकामा ५, बेलबारी नगरपालिकामा ३, लेटाङ नगरपालिकामा २, पथरीशनिश्चरे नगरपालिकासँगै कटहरी र कानेपोखरी गाँउपालिकामा समान १ र स्थानीय तह नखुलेका २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको छ। झापाको विर्तामोड नगरपालिकामा १२, दमक नगरपालिकामा १०, शिवसताक्षी नगरपालिका र हल्दिबारी गाँउपालिकामा समान ३, कनकाई नगरपालिका र कमल गाउँपालिकामा समान २, मेचीनगर र अर्जुनधारा नगरपालिकामा समान १ को रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।
त्यसैगरि, ताप्लेजुङको फुङलिङमा २, मिक्वाखोला, श्रीजंगा र फक्ताङलुङमा १-१, धनकुटाको धनकुटा नगरपालिका र चौविसेमा १–१, संखुवासभाको सिलिचोङ र सभापोखरीमा समान १, खोटाङको साकेला, उदयपुरको बेलका, इलामको माई र पाँचथरको फिदिममा समान १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २८ हजार ६ सय ७७ पुगेको छ।
अर्कोतर्फ, प्रदेशमा बिहीबार ४९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। प्रदेशको विभिन्न होमआईसोलेसनबाट २१, विराटनगरको विराट सामुदायिक भवन आईसोलेसनबाट १०, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९, झापाको मेची अस्पतालबाट ४, विराटनगरको मारवाडी सेवा सदन आईसोलेसनबाट-२, बुढीगंगा गाँउपालिकाको विराट शिक्षण अस्पताल, विराटनगरस्थित न्युरो अस्पताल र कालिसदन आईसोलेसनबाट समान १ जना डिस्चार्ज भएका हुन् । यससंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ४ सय ५२ पुगेको छ।
यससंगै प्रदेशमा बिहीबार ४ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा १ सय २५ महिला र २ सय ७७ पुरुष गरि ४ सय २ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।