
काठमाडौँ– प्रदेश १ मा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार गरिएको ५ सय ५७ जनाको पीसीआर परीक्षणका क्रममा २६ महिला र ५१ पुरुषमा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार मोरङमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा समान १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो।
यसक्रममा मोरङको विराटनगर महानगरपालिकामा १५, रतुवामाई नगरपालिकामा ५, कानेपोखरी गाउँपालिकामा २, कटहरी र ग्रामथाम गाउँपालिकासँगै रंगेली, बेलबारी, सुन्दरहरैंचा, र पथरीशनिश्चरे नगरपालिकामा समान १ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।
झापाको मेचीनगर र विर्तामोड नगरपालिकामा समान ५, गौरादह नगरपालिकामा ४, अर्जुनधारा, शिवसताक्षी र दमक नगरपालिकामा समान २, बुद्धशान्ति गाउँपालिका र भद्रपुर नगरपालिकामा १ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिकामा ७, धरान उपमहानगरपालिकामा ६, इनरुवा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ।
पहाडी क्षेत्रतर्फ संखुवासभाको खाँदबारी नगरपालिकामा २, धर्मदेवी नगरपालिकामा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ बाहिरका ५ जनामा पनि शुक्रबार संक्रमण देखिएको छ। यससँगै हालसम्म प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७ सय ५४ पुगेको छ।
यस्तै प्रदेशमा शुक्रबार ८६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होम आइसोलेसनबाट ८१ र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालबाट ५ जना रहेका छन्। प्रदेशमा हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५ सय ३७ पुगेको छ।
त्यसैगरि, प्रदेशमा १ महिला र ९ पुरुष गरी १० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जसमध्ये झापामा ६, धनकुटामा ३, संखुवासभाका १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यससँगै प्रदेशभर हालसम्म १ सय २६ महिला र २ सय ८६ पुरुषको गरी कुल ४ सय १२ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।