
जर्मन बुण्डेस लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्यन म्युनिख पुनरागमन गरी एक अंक जोड्न सफल भएको छ ।
शनिबार राति भएको खेलमा बार्यन म्युनिख एफसी युनियन बर्लिनसँग १–१ को बराबरीमा रोकिएको हो । चौथो मिनेटमा प्रोमेलले गोल गरेर बर्लिनलाई सुरुवाति अग्रता दिलाए ।
पछि परेको बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले ६७ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।
बराबरीपछि शीर्ष स्थानको बार्यन म्युनिखको ११ खेलबाट २४ अंक भएको छ । शनिबार राति नै भएको खेलमा वेर्डर ब्रेमेनलाई २–० ले पराजित गरेको आरबी लेइप्जिगको पनि समान २४ अंक भएको छ । उ दोस्रो स्थानमा उक्लिएको छ ।