
नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट शाखा अधिकृत दानबहादुर विष्टको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका शाखा अधिकृत विष्टको आइतबार बिहान २ बजे भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।
विष्टको पारिवारिसक स्रोतका अनुसार, बिहीबार श्वासप्रश्वासमा समस्या भएपछि विष्टले कोरोना जाँच गरेका थिए । त्यसको रिपोर्ट पोजिटिभ आयो । त्यो दिन विष्ट घरमै बसे ।
होम आइसोलेशनमा बस्दा समस्या भएपछि शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका थिए । अस्पतालमै उपचारको क्रममा आइतबार बिहान २ बजे विष्टको मृत्यु भयो ।
आफन्तीहरु कैलालीमा रहेका विष्टको बसोबास नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्कमा रहेको छ । विष्टको शवलाई कैलाली लैजाने तयारी गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीमा कोरोनाबाट मृत्यु हुने विष्ट दोस्रो व्यक्ति हुन् । यसअघि जिन्सी शाखामा कार्यरत युवराज घलेको मृत्यु भएको थियो । कोरोनाबाट नेपालगञ्जमा एकजना जनप्रतिनिधि शान्तिसिंह परियारको पनि मृत्यु भइसकेको छ ।