
मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।
अस्पतालका अनुसार शनिबार राति करिब साढे ११ बजे झापा गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका प्रबन्धक नारायण दाहालले महिलामा श्वासप्रश्वासमा समस्या, ज्वरोको समस्या देखिएको थियो।
मंसिर २१ गते उपचारका लागि भर्ना गर्ने क्रममा संकलन गरिएको स्वाबको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको दाहालले जानकारी दिए।