
चलचित्र निर्माता तथा नृत्य निर्देशक रेमो डिसुजाको स्वास्थ्य अवस्था स्थिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उनको छातीमा स्टेन राखिएको र अहिले अवस्था ठीक भएको रेस ३ निर्माता रमेश तौरानी बताएका छन्। उनले रेमोकी श्रीमती लिजालसँग कुराकानी भएको बताउँदै रेमोको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका हुन्।
डिसेम्बर ११ मा हृदयघात भएपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। रेमोको स्वास्थ्य लाभ होस भनेर धेरैले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
बलिउडका दिग्गज कलाकार अमिताभ बच्चनले ट्वीटरमा डिसुजाको स्वास्थ्य लाभको कामना गरेका छन्।
.. get well Remo .. prayers !!🙏🙏🙏 and thank you for your wishes https://t.co/YpB5uS9zEe
— Amitabh Bachchan (@SrBachchan) December 13, 2020