
इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेराड युलियरको निधन भएको छ । ७३ वर्षको उमेरमा उनको निधन भएको हो ।
फ्रान्सेली जेराडले सन् १९९८ देखि २००४ सम्म लिभरपुलको प्रशिक्षको भूमिकामा रहेका थिए । उनले सो अवधिमा टिमलाई पाँच प्रमुख उपाधि दिलाएका थिए ।
सन् २००१ मा एफए कप, लिग कप तथा युइएफए कप गरी तीन उपाधि जितेका थिए । लिभरपुलअघि उनले लेन्स, पेरिस सेन्ट–जर्मेन र फ्रान्सेली राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
लिभरपुलपछि उनले फ्रेन्च लिग वान क्लब लियोनको प्रशिक्षण गरेका थिए । उनले पछिल्लो पटक सन् २०११ मा एस्टन भिल्लाको प्रशिक्षकका रुपमा काम गरेका थिए ।