
काठमाडौँ– गायक दुर्गेश थापाले फेसबुकमा प्रेमिल शब्दले प्राची लामालाई सम्बोधन गरेका छन्। आफ्नो फेसबुकमा प्राची लामासँगको तस्बिर सार्वजनिक गर्दै थापाले जन्मदिनको शुभकामना दिएका छन्।
प्राचीसँगको निकट तस्बिर सार्वजनिक गर्दै उनी दुर्गेशको जीवनमा आएपछि बहार आएको बताएका छन्। ‘जीन्दगीको संघर्षमा कति दु:ख पाए, कति सुख पाए, त्यो आधा सपनी भैसकेको छ। तिम्रो आगमनसँगै मैले बुझेको छु, बाँकी यात्रा अझै महाउत्सवमय बन्नेछ।’
उनले लेखेका छन्, ‘तिमीलाई खुशी पारे, तिमीलाई रुवाए, तिमीलाई पाए, यत्ति मेरो चाहना होइन, तिमीलाई गुमाउन नपरोस्।’
उनले जन्मदिनको शुभकामना दिँदै आफू जिउँदो हुँदा उनलाई भएभरको सुख दिन पाउँ, खुशी दिन पाउ भनेका छन्। दुर्गेशले आफू मरेपछि पनि तिमीले माया गरिरहेको सास महशुस गर्न पाइयोस भनेर लेखेका छन्।
प्राची लामालाई दुर्गेश थापाको प्रेमिकाका रुपमा चिनाउने गरिन्छ।
मलाइ यत्ती थाहा छ कि,तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ । जिन्दगिको संघर्षमा कति दु:ख पाए,कति सुख पाए,त्यो आधा सपनी…
Posted by Durgesh Thapa on Sunday, December 13, 2020