राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक परिषद ऐन संशोधन अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक परिषद ऐन संशोधन अध्यादेश जारी
+
-

काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ऐन संसोधन अध्यादेश जारी गरेकी छिन्।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले केही बेरअघि अध्यादेश जारी गरेकी हुन्। जारी गरिएको अध्यादेशमा संवैधानिक परिषदको बैठकका लागि आवश्यक पर्ने गणपुरक संख्या घटाइएको छ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ को दफा ६ मा रहेको गणपुरक संख्यालाई अध्यादेशमार्फत फेरबदल गरिएको स्रोतको दाबी छ।

उक्त दफामा परिषद्को बैठक बस्नका लागि अध्यक्षसहित कम्तिमा परिषदका चार जना सदस्य उपस्थित हुुनुपर्ने व्यवस्था छ। मंलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश जारी गराएर साँझ ५ बजे अर्को बैठक बोलाएका छन्।

यसअघि गत वैशाखमा ८ गते पनि सरकारले उक्त ऐन संशोधन गर्न अध्यादेश जारी गरेको थियो।

त्यसबेला जारी भएको अध्यादेशमा अध्यक्षसहित परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठकको गणपुरक संख्या पुगेको मानिने र उस्थितमध्ये बहुमत सदस्यको समर्थनमा निर्णय हुनसक्ने प्रावधान राखिएको थियो।

त्यस बेला परिषद्को बैठक बोलाउनका लागि कम्तिमा ४८ घण्टाअघि सूचना दिनुपर्ने प्रावधानलाई २४ घण्टामा झारिएको थियो।

मंगलबार जारी भएको अध्यादेशमा पनि त्यही प्रावधान राखिएको स्रोतको दाबी छ। जसअनुसार अब संवैधानिक परिषद्को बैठकबाट निर्णय गर्न अध्यक्षसहित कम्तिमा एक जना सदस्य उपस्थित भएपुग्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?