फ्री तिब्बतको नारा लगाएको प्रमाणित गरे पदबाट राजीनामा दिन्छु: नेता शाही

फ्री तिब्बतको नारा लगाएको प्रमाणित गरे पदबाट राजीनामा दिन्छु: नेता शाही
+
-

सिमकोट-नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका भएका पुर्वमन्त्री जीवन बहादुर शाहीले आफू सीमा अनुगमन गर्न लिमी क्षेत्र जाँदा फ्री बिब्बतको नारा लगाएको झुटो भएको बताएका छन्। नेपाली काँग्रेस हुम्लाद्वारा सदरमुकाम सिमकोटमा विरोध प्रर्दशनपछि समिक्षा कार्यक्रममा उनले सो कुरा बताएका हुन।

झुटो अपबाह फैलाएर चीन सरकारको मुखपत्र ग्लोवल टाइम्समा आफूलाई लगाएको आरोप प्रमाणित गर्न आरोप लगाउने र ग्लोवल टाईम्स दुबैलाई चुनौती दिएका छन्।

कर्णाली प्रदेश सभामा प्रतिपक्ष दलका नेता समेत रहेका शाहीले आफूले लाप्चामा गएर फ्रि तिब्बतको नारा लगाउन के को लागि आवश्यक छ भन्दै अर्काको चरित्र हत्या गर्ने कार्य जस्तो काम नगर्न ग्लोवल टाईम्सलाई सचेत बनाएका छन्।

उनले भनेका छन्, ‘यदि मैले नभनेको कुरा प्रमाणित गरे आफूले सासद पदबाट समेत राजिनामा दिने उद्घोष गर्छु।’

उनले एक पटक फेरि दोरोर्‍याउँदै लोलुङजोङमा नेपाली भू-भागमाथि एकतर्फी रुपमा निर्माण गरेका भौतिक संरचना बनाएको भूभाग नेपालको भएको दावी गरे। काठमाडौंमा बसेर नेपाल सरकार र चिनीया दूतावासले विज्ञप्ति निकालेर नेपालको भू-भाग होईन भन्‍नुभन्दा पनि टोली खटाएर अध्ययन गरे सत्य तथ्य सार्वजनिक हुने उनले बताए।

लाप्चामा रहेको १२ नम्बर पिलर एकतर्फी निर्माण गरि एरिएलको दिसा सच्याएर पुर्वाधार निर्माण गरेको क्षेत्र आफ्नो भू-भागमा पारेको समेत उनले आरोप लगाए। आफूले बुझाएको ज्ञापन पत्र माथि सरकारले कुनै सुनुवाई नगरेकोमा आश्चार्य व्‍यक्त गर्दै वर्तमान सरकारमा राष्ट्रियता नरहेको आरोप उनले लगाए।

सिमानाका सम्बन्धका एक इन्च अर्कालाई छोड्न पनि नहुँने अर्काको दावी पनि गर्न नहुने बताउदै उनले अब बाँचुन्जेल लडिरहने जानकारी दिए। जिल्लाका सासदहरु सिमानामा गएर देखेको कुरा बोल्न नसक्नु खोक्रो राष्ट्रवादले केही गर्न नसक्ने बताए। ग्लोबल टाईम्समा आफू आफ्नो पार्टीलाई लगाएको आरोप आधार हिन र सर्बसत्ताबाली सोचको उपच भएको समेत उनको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?