दुई करोड त्रिपन्न लाखको सामान हिल्सा नाकाबाट आयात

दुई करोड त्रिपन्न लाखको सामान हिल्सा नाकाबाट आयात
+
-

सिमकोट-कोरोना संक्रमणका कारण चीनसंगको हिल्सा नाका बन्द रहेकै बेला उत्तरी हुम्लाका लागि बाह्र गाडी सामान नेपाल आयात भएको छ।

नाम्खा गाउँपालिका बिशेष पहलमा वडा नम्बर १ देखि ५ सम्मका स्थानीयको आबश्यकतालाई चिनीयाँ दुतावाससंगको सहमन्वयमा सो सामान आयात भएको हो।

दैनिक उपभोग्य बस्तु र लत्तकपडा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुदै आयात भएको गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले बताए। ताक्लाकोटमा रहदै आउनु भएका ब्यापारीहरुले दुई करोड ५३ लाख मुल्यका मैदा, चामल, तेल, चिया, जुता, कम्बल लगाएतका सामानहरु खरिद गरेर पठाएका हुन।

ताक्लाकोटमा रहदै आउनु भएकी कैलाश ब्यापार संघकी उपाध्यक्ष लामु लामाले १२ वटा गाडीमा सामान ढुवानी गरेर हिल्सामा गाउँपालिका उपाध्यक्ष पेमा लामाको जिम्मा लगाएकी हुन।

नाम्खा गाउँपालिकाको लागि खाद्यान्न तथा लत्ता कपडा चीनसंग निर्भर रहदै आएको छ । गत बैशाख महिनामा नाका खोल्नु पर्नेमा यस वर्ष कोरोनाको कारण नाका खुलेको थिएन।

गाउँपालिकाले नाम्खा गाउँपालिकाका जनताको लागि आबश्यक सामानको चीनबाट ब्यबस्था गर्न नेपालस्थित चिनीयाँ दुतावासबाट पहल गरेको अध्यक्ष लामाले जानकारी दिए । वर्षेनी रुपमा पचास करोड भन्दा बढीको सामान हिल्साबाट नेपाल भित्रिने गरेको थियो।

सामान नाम्खाका पाँच वडै वडाका बासिन्दाहरुलाई बिक्री गर्ने गरिने छ । त्यसका लागि वडा अध्यक्षलाई सबै घरधुरीको बिबरण माग गर्ने तयारी गाउँपालिकाले गरेको छ । सामान अरु गाउँपालिकामा भने जाने छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?