
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ।
निमोनिया भएपछि उनी अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
लिङ्देनलाई बुधबारदेखि साधारण बेडमा सार्ने सम्भावना रहेको उनका स्वकीय सचिव छत्र कडायतले जानकारी दिए।
लिङ्देनका स्वकीय सचिव छत्र कडायतका अनुसार अहिले लिङ्देन सामान्य बोलचाल गर्न सक्ने भएका छन् ।
निमोनिया र श्वासप्रश्वासमा पनि समस्या आएपछि करिब एक साता अघि लिङ्देनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
अक्सिजन लेभल सामान्य रहेकाले बुधबारबाट साधारण बेडमा सारिने संभावना रहेको कडायतले जानकारी दिए।
लिङ्देन पूर्णरुपमा स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज हुन अब एक साता लाग्ने सम्भावना रहेको कडायतले जानकारी दिए।