विशेष अधिवेशन मागको प्रस्ताव फिर्ता, पत्र बुझेर सचिव पौडेल पाँच घण्टा सम्पर्कविहीन

विशेष अधिवेशन मागको प्रस्ताव फिर्ता, पत्र बुझेर सचिव पौडेल पाँच घण्टा सम्पर्कविहीन
+
-

काठमाडौँ-नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गत भदौ २६ गते स्थायी समितिले गरेको निर्णयका आधारमा अघि बढ्ने सहमति भएपछि संसदको विशेष अधिवेशनको प्रस्ताव फिर्ता भएको छ।

संविधानको धारा ९३ को उपधारा ३ अनुसार एक चौथाइ सदस्यको हस्ताक्षरसहित विशेष अधिवशेन बोलाउन राष्ट्रपति कार्यालयमा पत्र बुझाउन गएका नेताहरु भीम रावल र पम्फा भुसाल फर्किएका हुन्।

रावल र भुसाल बुधबार बिहान १२ बजे नै राष्ट्रपति कार्यालय पुगे पनि अधिवेशन आह्वानसम्बन्धी प्रस्ताव दर्ता गर्न राष्ट्रपतिको सचिवालयले आनाकानी गरिरहेको थियो।

सचिव हरि पौडेलले पत्र बुझेर सम्पर्क विहीन भए पनि रावलले आफूहरु पाँच घण्टासम्म कुरेर बसेको जानकारी दिए।

ओली दाहालबीच सहमित भएपछि प्रचण्डले प्रस्ताव फिर्ता लिन निर्देशन दिएपछि रावल र भुसाल दर्ता नगराई स्थायी समिति बैठकमा भाग लिन बालुवाटार पुगेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?