
नेकपा असन्तुष्ट पक्षबाट संसदको विशेष अधिवेशन मागसहित शीतल निवास पुगेको टोली पत्र नबुझाई फर्केको छ।
‘हामी १२:४५ मा पत्र दर्ता गर्न आएका थियौँ, अहिले संवैधानिक परिषद् सहित विशेष अधिवेशन माग अघि नबढ्ने पार्टी निर्णयपछि ६ बजे यहाँबाट फर्केका छौँ,’ टोलीका नेता भीम रावलले देशसञ्चारसँग भने।
पाँच घन्टाभन्दा बढीको शीतल निवास कुराइमा राष्ट्रपति सचिवालयमा कुनै सदस्यले पत्र बुझ्न नचाहेपछि त्यो नबुझाई नफर्कने अडानमा टोली दृढ थियो। तर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको समझदारीपछि पत्र नै नबुझाई सांसदहरु फर्केका हुन्।