
रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगा फुटबलमा २५० गोलको आँकडा पार गरेका छन् । लिग अन्तर्गत बुधबार राति भिएफएल वुल्फबर्गलाई २–१ ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले दुई गोल गरे ।
उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल उनको लिगमा २५० औँ गोल बन्यो । त्यसपछि उनले ५० औँ मिनेटमा पनि गोल गरे । त्यसअघि पाँचौँ मिनेटमा वुल्फबर्गका लागि फिलिपले गोल गरेका थिए ।
विजयी भएको बार्यन १२ खेलबाट २७ अंकसहित दोस्रो स्थानमा छ । ३२ वर्षका लेवान्डोस्कीले २५१ गोल गरेर कीर्तिमान बनाएका छन् । उनले यो सिजन बार्यनका लागि यो सिजन सबै प्रतियोगितामा गरेर १८ गोल गरिसकेका छन् ।