
माेरङ– प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का ४७ जना संक्रमित थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बिहीबार ४ सय ६७ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २४ महिला र २३ पुरुष गरी ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो। यसक्रममा मोरङमा १९, झापामा १५, सुनसरीमा ११, संखुवासभामा १ र प्रदेश १ बाहिरबाट १ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ७ महिला र ८ पुरुष गरी १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मोरङकै जहदाँ गाउँपालिकामा २, बुढीगंगा गाउँपालिका र ठेगाना नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि झापाको दमक नगरपालिकामा १०, कमल गाउँपालिकामा २, गौरादह, कनकाई, शिवसताक्षी नगरपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।
सुनसरीको धरान उपमहानगरपालिकामा ६, इटहरी उपमहानगरपालिकामा ३, दुहबी नगरपालिका र ठेगाना नखुलेकोमा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।
पहाडी क्षेत्रतर्फ संखुवासभामा ठेगाना नखुलेको र प्रदेश १ बाहिरबाट समान १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
अर्कोतर्फ बिहीबार प्रदेशबाट २ सय २३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। जसमा ८३ महिला र १ सय ४० जना पुरुष रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशको झापाका तीन जना कोरोना संक्रमितको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।