
काठमाडौँ– स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका तर गम्भीर अवस्थामा नभएका कोरोना संक्रमितलाई १० दिनमात्र आइसोलेसनमा राख्न अस्पतालहरुलाई परिपत्र गरेको छ।
मन्त्रालयको २ पुषको निर्णय कार्यान्वयनका लागि सबै अस्पतालहरुलाई नीति योजना तथा अनुगमन महाशाखाले परिपत्र गरेको हो।
अस्पतालमा लक्षण देखिएका कोरोनाका बिरामीहरुको दैनिक अनिर्वाय रुपमा हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टममा अपडेट गर्नुपर्ने र सोही अपडेट अनुसार बिरामी भर्ना गरी उपचार गरेबापत सोध भर्ना हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै, निःशुल्क उपचार गरेको सोध भर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिनसमेत मन्त्रालयले परिपत्रमा उल्लेख गरेको छ।