सुदूरपश्चिममा शुक्रबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा शुक्रबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि
+
-

धनगढी– सुदूरपश्चिममा शुक्रबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार शुक्रबार सेती प्रादेशिक अस्पतालमा ४४, कमलबजार अस्पताल अछामको प्रयोगशालामा १२ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो।

तीमध्ये कैलालीका २८, कञ्चनपुरका ८, अछाम जिल्लाका १२, बाजुराका ३, डडेल्धुराका १८, दार्चुलाका १ तथा डोटी र अन्य जिल्लाका १/१ जना रहेका छन्।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको संख्या १२ हजार ७ सय ५९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये १० हजार १ सय ४७ जना निको भएर घर गएका छन् भने २ हजार ५ सय ६६ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयका प्रवक्ता कार्कीले बताए। उनका अनुसार कोरोना संक्रमणका कारण हालसम्म सुदूरपश्चिममा ४६ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा हालसम्म १ लाख २७ हजार १४ जनाको स्वाब संकलन गरिएको र ति मध्ये शुक्रबारसम्म १ लाख २६ हजार ४ सय २२ नमुनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

परीक्षण भएका मध्ये १ लाख १३ हजार ६ सय ६३ जनामा कोरोना नरहेको मन्त्रालयले जनाएको छ। हाल संकलन गरिएकामध्ये ५ सय ९२ स्वाबको परीक्षण हुन बाँकी रहेको मन्त्राललये जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष