प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए, १४३ जना डिस्चार्ज, २ को मृत्यु

प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए, १४३ जना डिस्चार्ज, २ को मृत्यु
+
-

माेरङ– प्रदेश १ मा गत २४ घण्टामा ४३ जना नयाँ संक्रमित थप भएका छन्।  शुक्रबार ५ सय ६२ जनाको स्वाब परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीमा १४, मोरङमा १२, झापामा ६, ताप्लेजुङमा २, संखुवासभा र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा ७, धरान उपमहानगरपालिकामा ५ र रामधुनी नगरपालिकामा २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि, मोरङको विराटनगर महानगरपालिकामा ५, केराबारी र ग्रामथान गाउँपालिकामा समान २, उर्लाबारी, लेटाङ नगरपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको छ।

झापाको विर्तामोड र दमक नगरपालिकामा समान २, भद्रपुर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि पहाडी क्षेत्रतर्फ ताप्लेजुङको पाथीभरा याङवरक र मैंवाखोलामा समान १, संखुवासभाको खाँदबारी र खोटाङको खोटेहाङमा समान १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या २९ हजार २ सय ३० पुगेको छ।

यस्तै प्रदेशमा शुक्रबार १ सय ४३ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यसक्रममा प्रदेशका विभिन्न होमआइसोलेसनबाट १ सय २०, विराटनगरमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६, बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालबाट ४, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ र विराटनगरको न्यूरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३ सय ९० पुगेको छ।

यस्तै मोरङ र झापाका समान १ जना पुरुष संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म संक्रमणका कारण १ सय ३५ महिला र ३ सय १९ जना पुरुष गरि कुल ४ सय ५४ जनाको मृत्यु भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष