चितवन खैरहनीका ८ पसलेलाई १ लाख ३५ हजार जरिवाना

चितवन खैरहनीका ८ पसलेलाई १ लाख ३५ हजार जरिवाना
+
-

पर्सा-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बजार अनुगमनको क्रममा चितवनको खैरहनी बजारका ८ पसलेलाई नगद जरिवाना गरेको छ।

कार्यालयले गरेको बजार अनुगमनको क्रममा खैरहनी बजारका ८ पसलेलाई नगद १ लाख ३५ हजार जरिवाना गरेको हो।

अनुगमनको क्रममा खरिद बिल नदेखाउने खैरहनी बजारका पुष्पा होम डेकोर,जय माता सब्जी भण्डार ,अक्सफोर्ड ट्रेड लिंक,सन्तोष पूजा सब्जी भणडार र महाकाली फर्निचरलाइ जनही २० हजार नगद जरिवाना गरिएको हो।

यस्तै यस इलेक्ट्रोनिकलाई १०हजार तथा सहारा सुपर मार्केटलाई ५ हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षन कार्यालय वीरगन्जका सुचना अधिकारी दिलिप खङले जानकारी दिए।

अनुगमनको क्रममा असहयोग गर्नी श्री राम खाद्य उद्योगलाइ पनि २० हजार तत्कालै जरिवाना गरिएको थियो। जरिवाना रकम एक हप्ता भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्ने निर्देशन पनि दिइएको छ।

कार्यालयका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय चितवन, इलाका प्रहरी कार्यालय खैरहनी, खैरहनी नगरपालिकाको कार्यालय चितवन सहितको टोलीले खैरहनी बजारको १३ वटा फर्ममा शुक्रबार र शनिबार दुई दिन अनुगमन गरेको खङले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष