लिभरपुलले गर्‍यो सात गोल

लिभरपुलले गर्‍यो सात गोल
+
-

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेर अग्रता बलियो बनाएको छ । शीर्ष स्थानको लिभरपुलले अवे मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसमाथि ७–० को जित दर्ता गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप चार गोल गरेको हो । उसका लागि रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई–दुई तथा मिनामिनो, साडिओ माने तथा हेन्डर्सनले एक–एक गोल गरेका छन् ।

मिनामिनोले तेस्रो, मानेले ३५ औँ तथा फिमिनोले ४४ र ६८ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै हेन्डर्सनले ५२ तथा सालहले ८१ र ८४ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ७–० ले विजयी भएको हो ।

जितपछि शीर्ष स्थानको लिभरपुलको १४ खेलबाट ३१ अंक भएको छ । उ दोस्रो स्थानमा पुगेको एभर्टन भन्दा पाँच अंकले अघि रहेको छ । शनिबार राति भएको खेलमा आर्सनलमाथि २–१ को जित दर्ता गरेको एभर्टनको १४ खेलबाट २६ अंक भएको छ ।

लिभरपुलसँग पराजित भएको क्रिष्टल प्यालेस १८ अंकसहित १३ औँ तथा एभर्टनसँग पराजित भएको आर्सनल १४ अंकसहित १५ औँ स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई १–० ले पराजित गर्दा न्यूक्यासल र फुलह्यामले १–१ को बराबरी खेलेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष