
काठमाडौं – नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानको अपहरण गरेको बताएका छन्।
सरकारले संसद विघटन गर्ने सिफारिस गरेपछि ट्विट गर्दै उनले नेपालको एकमात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताए।
उनले भनेका छन्, ‘केपी ओलीले फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन्। यसको रक्षाका लागि सबै तयार होऔं।’