
काठमाडौँ- प्रतिनिधि सभा विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका अध्यक्ष र अन्य पदाधिकारीसँग छलफल गरेका छन्।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो सरकारको सिफारिस अनुमोदन गरेसँगै मध्यावधी निर्वाचनका लागि आगामी बैशाख १७ र २७ गते मिती तोकेकी थिइन्।
छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललगायत पनि सहभागी छन्।