
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटनपछि बदलिएको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखहरु सहभागी छन्।
बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधानमन्त्री इश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललगायत पनि सहभागी छन्।